समाचार

वीर अस्पतालको छतको पर्खाल खस्दा ४ जना घाइते



काठमाडौँ, १७ बैशाख । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा ४ जना घाइते भएका छन् ।

आज दिउँसो भएको उक्त घटनामा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।