अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २० बैशाख । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।