दाङ, २० बैशाख । दाङको घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित स्युजाली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१७ बस्ने ४६ वर्षीय माधव गैरे समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालोय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार २ सय ७० रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्