Banner News

प्रधानमन्त्री प्रचण्डद्वारा आठौं पटक मन्त्रिपरिषद विस्तार : नयाँ मन्त्रीहरुको सपथ आज



काठमाडौँ, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद आठौं पटक मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले आठौं पटक मन्त्रिपरिषद विस्तार गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार धनराज गुरुङलाई कानुन, मोहन बस्नेतलाई स्वास्थ्य र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।