Banner News

दोषी उम्काउने प्रयास हुँदैन, निर्दोषलाई फसाउन खोजियो भने सहन्नौं‌: अध्यक्ष ओली



काठमाडौँ, २१ बैशाख । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई बाटोमा हिड्दा हिड्दै समाउनुपर्ने अवस्था रहस्यपूर्ण रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदबारमा बिहीबार भेटवार्ता गरेपछि पत्रकारहरूसँग कुरा गर्दै ओलीले उपप्रधानमन्त्रीसमेत भइसकेको र सांसदसमेत रहेका रायमाझी भागेर कहीँ नजाने बताउनुभयो । अहिले एकाएक यो विषय उठेको र आफ्ना पार्टीका सचिव नै मुछिएको विषयमा भने ओलीले केही षडयन्त्र रहेको संकेत गर्नुभयो । उक्त विषयमा आफूलाई पहिला नै जानकारी भएको उल्लेख गर्दै उहाँले त्यतिबेला आफूले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर यसबारे बुझ्ने र त्यस्तो भइरहेको भए रोक्न निर्देशनसमेत दिएको बताउनभयो । आफू प्रधानमन्त्री भएका बेला पनि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन खोजेका कुरा सुनेको र तत्कालीन गृहमन्त्री र राष्ट्रिय अनुसन्धान विभागलाई यसबारे बुझ्न भनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्री र अनुसन्धान विभागलाई पनि बोलाएर मैले भुटानी शरणार्थीका विषयमा कुराहरू सुनें, त्यसमा राम्ररी खोजीनीति गर्ने भनियो तर हामी त्यसपछि सरकारबाट हटियो । हामी सरकारबाट हटेपछि त्यो कुरा के भयो, थाहा भएन । चार वर्ष अगाडि काटेका पनि चेक अहिले पनि काट्ने मान्छेसँगै छन् । यस्ता कुरालाई लिएर एकैचोटी अहिले सांसद, पटक(पटक मन्त्री भइसकेको पार्टीका नेता रायमाझीलाई षड्यन्त्रपूर्वक ढंगले बाटामा हिन्दाहिन्दै समाउनुपर्ने अवस्था रहस्यपूर्ण छ । मैले उहाँ ९रायमाझी० सँग हिजो बेलुकी कुरा गरेको थिएँ । तपाईंलाई पक्राउ पुर्जी भनेको सुन्छु केही जानकारी छरु उहाँले मैले आइजिपीलाई कुरा गरेको छु भन्नुभयो। एक पटक स्पष्ट पारिदिनुपर्छ भन्नुभयो ।’