काठमाडौँ, २३ बैशाख । काठमाडौँमा किशोरीको बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार आज बिहान १६ वर्षीया किशोरीको बलात्कार आरोपमा उदयपुरको ताप्ली गाउँपालिका–२ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–४ मा डेरा गरी बस्दै आएका २२ वर्षीय दिनेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मगरले ती किशोरीलाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेको भन्ने सूचनापछि खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।










प्रतिक्रिया दिनुहोस्