राजनीति

नक्कली शरणार्थी विरुद्धको मुद्दा रोकिँदैन : प्रधानमन्त्री दाहाल



काठमाडौँ, २३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउनेविरुद्धको कारबाही नरोकिने दाबी बताएका छन् ।

आज सिंहदरबारमा एमालेका अध्यक्ष ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अभियुक्तहरुको खोजी र कारबाही नरोकिने बताए ।

उनले भने, ‘उनीहरुविरुद्धको कारबाही रोकिँदैन, प्रक्रिया, पद्धति र ऐन अनुसार दृढताको साथ अगाडि जान्छ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट बोल्ड्ली अगाडि गइन्छ ।’ साथै, उनले आफू दबाबमा नपरिकन काम गर्ने पनि बताए ।