विराटनगर, २४ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।
आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीलाई विभिन्न दबाब आएको हुन सक्ने भन्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन् । उनले भने, “यो प्रकरणमा प्रधानमन्त्रीलाई पनि दबाब आएको हुनसक्छ तर यसको निष्पक्ष छानबिन हुनुपर्छ ।”
नेपालले उपचुनावको परिणामले परम्परागत र पुराना राजनीतिक दलहरूको कार्यशैली तथा जनताको असन्तुष्टि प्रस्ट रुपमा देखिएको भन्दै अब सुधार भएर जानुपर्ने सुझाव दिए । “निर्वाचनको परिणामले पुराना दललाई सुध्रने सन्देश दिएको छ,” नेपालले भने ।










प्रतिक्रिया दिनुहोस्