राजनीति

शरणार्थी प्रकरणको जिम्मा सिबिआईलाई लगाउनु पर्छ : महासचिव पोखरेल



काठमाडौँ, २५ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणको जिम्मा सिबिआईलाई लगाउनु पर्ने जनाएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्दै नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेको र अनुसन्धान प्रभावकारी बनाउन जोड दिएका हुन ।

उनले लेखेका छन, ‘नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेका छन् तर अनुसन्धानको गति धिमा र विवादास्पद बन्दैछ,’ ‘प्रभावकारी अनुसन्धानका लागि सिविआईलाई जिम्मा लगाउने हो कि ? किनकी दोषि कोही नछुटुन् र निर्दोस कोही नपरुन् भन्नका लागि अनुसन्धान प्रभावकारी हुनु आवश्यक हुन्छ ।’