Banner News

सत्ता गठबन्धनका कारणले आर्थिक मन्दी आएको हो : पूर्वअर्थमन्त्री पौडेल



काठमाडौँ, २५ बैशाख । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धनका कारण अहिले आर्थिक मन्दी आएको बताएका छन् ।

आजको आगामी आर्थिक वर्षका लागि प्रि–बजेट छलफलमा बोल्दै उनले गठबन्धन सरकारले अर्थतन्त्रमा आएको मन्दीलाई लुकाउन खोजेको बताए ।

उनले भने, “आर्थिक सूचकका दृष्टिकोणले हामी नकारात्मक अवस्थामा छौं । हामी आर्थिक मन्दीमा छौं । तर, गठबन्धन सरकार यसलाई स्वीकार्न मान्दैन । आर्थिक मन्दीलाई छोप्न खोजिएको छ,” “सरकारबाट नै मन्दी भयो भनेर स्पष्ट भन्न सकिएको छैन । हामीले महाभूकम्पका समयमा, नाकाबन्दीको समयमा र कोभिडको समयमा पनि हामीले यसलाई सन्तुलनमा ल्याएका थियौं ।”