काठमाडौँ, २६ बैशाख । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्