समाचार

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, २६ जना डिस्चार्ज



काठमाडौँ, २६ बैशाख । पछिल्लो २४ घण्टामा थप ५१ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख ३ हजार १५७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १४७ जना रहेका छन ।

मन्त्रालयका अनुसार २६ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९० हजार ९७९ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।