कपिलवस्तु, २६ बैशाख । कपिलवस्तुबाट अवैध लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
आज बिहान कृष्णनगर नगरपालिका–२ बाट चरेसजस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ४९ वर्षीया संगिता तामाङ र सत्यवती गाउँपालिका–१ बस्ने ५९ वर्षीया सेती तामाङ रहेका छन् ।
प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्