काठमाडौँ, २७ बैशाख । आज प्रि-बजेटका बारेमा सांसदहरूले राखेका जिज्ञासाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँने कार्यसूची छ ।
प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दै छ । गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि-बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् । प्रि-बजेटका बारेमा सांसदहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा प्रि-बजेटका बारेमा सदनमा छलफल भएको हो ।










प्रतिक्रिया दिनुहोस्