राजनीति

सुर्तीजन्य कम्पनी तथा पसललाई मूल्यसूची राखेर विज्ञापन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौँ, २७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गर्न बन्द गर्न निर्देशन दिएको छ ।

कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गर्नु सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८, को दफा १०; सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका, २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ विपरीत हुने मन्त्रालयले जनाएको छ । विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिंडी, गुट्का आदिका मूल्यसूची उल्लेखित पोस्टर वा बालचार्ट टाँस नगर्न र टाँस गरेको भए तत्काल हटाउन मन्त्रालयले निर्देशन दिएको छ ।