राजनीति

ठूला नेताको ‘जगजाहेर ताण्डव’ रास्वपा हेरेर मात्रै बस्दैन : सभापति लामिछाने



काठमाडौँ, २७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ठूला नेता र तिनका सन्तानलाई छाडियो भने आफ्नो पार्टीले हेरेर मात्रै नबस्ने बताएका छन् ।

लामिछानेले सामाजिक सञ्जालमार्फत उक्त प्रकरणमा मुछिएकालाई छाड्न खोजिए रास्वपा हेरेर मात्रै नबस्ने बताए । उनले लेखेका छन्, “शिर्ष नेताहरुको तिब्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्क विहिन, नाम आएकाहरु माथीको अनुसंधान फितलो!!! खबरदार, अनुसंधानको लहरोले ठुला नेता र तिनका सन्तानको “जगजाहेर तान्डव”लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन।यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला। प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस!!”