विराटनगर, २७ बैशाख । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही हुनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, “नक्कली शरणार्थी बनाएर अमेरिका लैजान गरिएको कामले अन्तर्राष्ट्रियस्तरमै देशको बदनामी भएको छ । यसमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइनुपर्छ ।”
नक्कली शरणार्थी प्रकरण लज्जास्पद विषय भएको भन्दै उनले प्रहरी प्रशासनले अनुसन्धान अघि बढाएको र यसलाई अझ तदारुकता दिनुपर्ने बताए । दोषीलाई कारबाही हुनुपर्ने र गलत कामको उचित छानबिन हुनपर्ने पक्षमा आफू रहेको कोइरालाले सुनाए ।










प्रतिक्रिया दिनुहोस्