काठमाडौँ, २८ बैशाख । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा सामान्य हावा हुरीको सम्भावना रहेको छ । त्यस्तै आज राति देशभर मौसम सामान्यतया सफा रहने छ ।










प्रतिक्रिया दिनुहोस्