समाचार

भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सका जहाजमा काठमाडौँ फर्काइयो



काठमाडौँ, २८ बैशाख । काठमाडौँबाट भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौँ फिर्ता ल्याइएको छ ।

ककपिटको दाहिनेतिरको ढोकामा केही समस्या देखिएपछि काठमाडौँ ल्यान्ड गराइएको छ । जहाजमा देखिएको समस्या प्राविधिक जाँच गरेपछि मात्रै जानकारी हुने स्रोतले जनाएको छ ।

बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौँबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो । १६ जना यात्रु लिएर उडेको जहाज केहीसमयमै काठमाडौँमै अवतरण गराइएको थियो । नाइन एन एबीटी कल साइन रहेको जहाजको चेकजाँचपछि फेरि भोजपुर उडाउने तयारी छ ।