समाचार

बर्दियाकाे डाँडागाउँमा आगलागी हुँदा ८ घर जलेर नष्ट



बर्दिया, २९ बैशाख । जिल्लाको मधुवन नगरपालिका–१ डाडागाउँ बस्तीमा आगलागी हुँदा आठ वटा घर जलेर नस्ट भएकाे छ ।

बिहीवार बेलुकी भएकाे आगलागीमा आठ घर जलेर नष्ट भएको र तीन वटा घरमा आंशिक क्षति भएको मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीनबहादुर थापाले जानकारी दिए ।

आगलागीबाट भएकाे क्षतिकाे विवरण आउन बाँकी छ । गौरी रोकायको घरमा बिजुली शट भएकोले आगाे अनियन्त्रित भई अरू घर पनि जलेकाे हुनसक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।