काठमाडौँ, २९ बैशाख । नियमित ब्याज भुक्तानी गरिरहेका ऋणीलाई नेपाल राष्ट्र बैंकले बैंकको ब्याज तिर्ने अवधि जरिबाना नलाग्ने गरी तीन महिना थप गर्ने भएको छ ।
राष्ट्र बैंकले उक्त व्यवस्था असारभित्र गर्ने मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत जानकारी दिएको छ । यस्तो सुविधा नियमित ऋणको ब्याज भुक्तानी गरिरहेकाहरूलाई ल्याइने बताइएको छ ।
वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरूलाई ब्याज नियमित रहेको अवस्थामा यो सुविधि दिइने बताइएको छ । आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना/शुल्क नलिने गरी तीन महिनासम्मका लागि असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्