समाचार

जजिराले भैरहवामा रोक्यो उडान



बुटवल, २९ वैशाख । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि जजिरा एयरलाइन्सले उडान रोकेको छ । कुबेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको हो ।

योसँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल फेरि अन्तर्राष्ट्रिय उडानविहीन भएको छ । ६ पुसदेखि २५ फागुनसम्म उडान रोकेको जजिराले आन्तरिक कारण देखाएर उडान रोकेको हो ।