समाचार

नदीमा डुबेर युवकको मृत्यु



बाँके, ३० बैशाख । बाँकेको कोहलपुरमा नदीमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार जेठिनाला नदीमा नुहाउने क्रममा ३६ वर्षीय कमल सहानीको डुबेर मृत्यु भएको हो । सहानी बैजनाथ गाउँपालिका–४, बोरिङ बस्तीका हुन् ।

प्रहरीका अनुसार सहानी शनिबार बिहान ९ बजे घरदेखि २०० मिटर दक्षिणमा पर्ने नदीमा नुहाउन गएका थिए । उनलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।