अर्थ

देशभर जाग्दै भ्रष्टाचार विरोधी अभियान



काठमाडौँ, ३१ बैशाख । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा उच्च तहका राजनीतिक नेतृत्व नै मुछिन थालेपछि देशभर भ्रष्टाचार विरोधी अभियान सुरू भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरू धमाधम पक्राउ पर्दै गएपछि सर्वसाधारण र नागरिक अगुवाको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियान देशभर फैलिँदै गएको हो । भ्रष्टाचार अभियान नागरिकस्तरबाटै उठ्दै गएपछि सरकारको नेतृत्व गरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोसमेत आत्मबल बढेको छ ।

शनिबार देशका विभिन्न स्थानमा नागरिकस्तरबाटै उठेको भ्रष्टाचार विरोधी अभियानले सरकारलाई समेत खबरदारी गर्दै प्रदर्शन गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।