Banner News

एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी हो: महासचिव पोखरेल



काठमाडौँ, ३१ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी भएको बताउनुभएको छ ।

पछिल्लो समय नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गर्न खोजिएको भन्दै उहाँले देशको भविष्यको योजनामा काम गर्ने पार्टीहरु कहिले पनि नयाँ र पुरानो नहुने दावी गर्नुभयो । समाजवाद एमालेको लक्ष रहेको उल्लेख गर्दै उहाँले जबजको मार्गदर्शनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समाजवाद निर्माणको एमालेको वाटो भएको उल्लेख गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गरिन खोजिदैछ । भविष्यको योजनामा कामगर्ने पार्टीहरु कहिलै पुराना हुदैनन् । नेकपा(एमाले) विचारको जगमा खडा भएको जीवन्त पार्टी हो । समाजवाद नेकपा(एमाले)को लक्ष हो । जबजको मार्गदर्शनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समाजवाद निर्माणको नेकपा(एमाले)को वाटो हो ।

मार्क्सवाद र जनताको वहुदलिय जनवादको मार्गदर्शनमा अघि वढेको पार्टी यथास्थितिवादी हुन सक्तैन । यो निरन्तर गतिशिल प्रवाहमा अघि वढ्ने गर्दछ । माओवादी केन्द्रसंगको पार्टी एकतासंगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन सकेन । संगठनात्मक अराजकता वढेर गयो । परिणाम स्वरुप यसको गति केही कमजोर बनेको थियो । संगठनात्मक अराजकताले यसको एकिकृत शक्ति घट्न पनि पुगेको थियो ।

मिसन ग्रासरुटले गतिहिनता तोडेको । नयाँ गतिको आधार सिर्जना गरेको छ । एकिकृत शक्ति निर्माणको जग तयार गरेको छ । नयाँ स्वतः विकल्प हुने, राम्रो र सफलहुने होइन । यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिवद्ध कार्यकर्ताको आवश्यकता पर्दछ ।

नेकपा(एमाले)को पाँचौ केन्द्रीय कमिटीको पूर्ण वैठकले प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने जबजको मान्यताका आधारमा पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा सुदृढ गर्ने कार्ययोजना तयार गरेको छ । विचारधाराको जगमा खडा भएको बलियो राष्ट्रिय शक्तिले मात्र यथास्थितिवादको दुश्चक्रलाई तोड्ने सामर्थ्य राख्दछ र मुलुकलाई परिवर्तनको दिशामा डोर्याउन सक्दछ । आउनुहोस मुलुकलाई राजनीतिक अस्थिरता र चरम आर्थिक संकटको दुश्चक्रवाट मुक्त गर्न नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्तिकारुपमा सुदृढ गर्न नयाँ संकल्प सहित नयाँ यात्राको थालनी गरौ ।’