राजनीति

बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गर्दै नेविसंघको प्रदर्शन



काठमाडौँ, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसबाट निलम्बन गर्न माग गर्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

काठमाडौँको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो । नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका उनीहरुले नेविसंघको झण्डासहित प्रतिकात्मक रुपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक समेत प्रदर्शन गरेका छन् ।