राजनीति

राष्ट्रिय जनमोर्चाको ‘मेची–महाकाली अभियान’ भोलिदेखि



कैलाली, ३१ बैशाख । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादका विरुद्ध ‘मेची–महाकाली अभियान’को तयारी पूरा भएको जनाएको छ ।

जेठ १ (भोलि) देखि १५ गतेसम्म अभियान सञ्चालन हुने र दुई वटा टोली परिचालन हुने राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनाएका छन् ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव भट्टले जनाएअनुसार अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि देखिएको खतराका विरुद्ध जनजागरण सञ्चालन गर्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको हो ।