समाचार

चट्याङ लागेर घाइते भएका ३ जनाको हवाई उद्धार



धनगढी, २ जेठ । दार्चुलामा चट्याङ लागेर घाइते भएका ३ जना जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

यार्सा सङ्कलन गर्न गएका उनीलाई ४ दिनपछि आज उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

व्याँस गाउँपालिका–२ हुँम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएका दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, पिपलचौरी बास्पालीका ३८ वर्षीय आनसिंह महरा र उनकी ३३ वर्षीय श्रीमती मानमतीलाई नेपालगन्ज पठाइएको हो ।

शनिवार राति चट्याङ लागेर उनीहरू घाइते भएका थिए ।