राजनीति

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, २ जेठ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक निर्णयहरु:

१. सरकारले जनआन्दोलनमा घाइते भएर गत वैशाख २७ मा मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ ।

२. मन्त्रिपरिषद्को बैठकले लिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

३. एसिया प्यासिफिक ग्रुप एपिजीको बैठकमा सहभागी हुन जान राष्ट्र बैठकका गभर्नर महाप्रसाद अधिकारीको टोलिलार्ई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

४. बुटवल–लमही चारसय केभी प्रशारण लाइनअन्तर्गत मोतिपुर सवस्टेसनका लागि बाणगंगा नगरपालिकामा १५ विगाह जग्गा प्राप्ति गर्ने र प्रारम्भिक काम अघि बढाउन अधिकारी तोक्ने निर्णय गरेको छ ।

५. राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत नेतृत्वको प्रतिनिधिमण्डललाई समाजिक आय ‘स्क्याप’को ७९औँ बैठकममा भाग लिन थाइल्याण्ड जान स्वीकृति प्रदान गरेको छ ।

६. कलैया र सिमौनगढको नापी तथा मालपोतसम्बन्धी कार्यक्षेत्रमा रहेका साविक पिपरा विर्ता, पिरारीगोठ, वर्किफूलबरिया, कविहिगोठ, बबहि, हर्दिया, परसुरामपुर र नजरियालाई नापि कार्यालय पिराको कार्यक्षेत्रमा पर्नेगरी कार्यक्षेत्र संशोधन गर्ने निर्णय गरेको छ ।

७. बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक विस्तारित सडक सिमा भित्रका घरटहरा हटाई क्षतिपूर्ति दिने र प्रारम्भिक कारबाही चलाउन स्वीकृति दिने निर्णय गरेको छ ।

८. जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिलन भवन बनाउन १८३.८ रोपनी जग्गा प्राप्तिका लागि नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

९. जेठ ७ देखि १६ गते सम्म जेनेभामा आयोजना हुने ७६औँ विश्व स्वास्थ्य सम्मेलनमा सहभागि हुन स्वास्थ्यतथा जनसंख्यामन्त्री मोहनबस्नेत र अत्तिरिक्त सचिव डा. विकास देवकोटालाई स्वीकृति दिने निर्णय भएको छ ।

१०. मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको संरक्षक समितिमा प्रा. श्रीराम रामकृष्ण सिंगापुर, प्रा संगीता सिंह काठमाडौँ, प्रा. पुष्करमान बज्राचार्य काठमाडौँ, प्रा सुजान कौटियर क्यानडा, प्रा. नाम त्योस्यो, अमेरिका, प्रा. सुदरर्शनराज तिवारी काठमाडौँ, पदम ज्योति काठमाडौँ, लोचन ज्ञवाली ललितपुर, डा. सन्दुक रुइत, काठमाडौँ र भानुप्रसाद आचार्य भक्तपुर मनोनयन गर्ने निर्णय गरेको छ ।