Banner News

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ हुने



काठमाडौँ, ४ जेठ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

बिहान ११ बजे संघीय संसद भवन बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा प्रत्यक्ष सवाल-जवाफ हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक बर्ष २०७८र७९ को बार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।