राजनीति

दोषी प्रमाणीत भए जेल जान तयार छुः प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोषी प्रमाणीत भए आफु जेल जान तयार रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको प्रधानमन्त्रीसँगको सवाल प्रश्न र जवाफ कार्यमा बोल्दै प्रधानमन्त्री प्रचण्डले लडाकु समायोजनको समयमा कुनै पनि प्रकारको घोटला भएको प्रमाणीत भए आफु जेल जान तयार रहेको बताउनुभयो । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले लडाकु घोटला भएको भन्ने प्रश्नमा तपाई के भन्नुहुन्छ ? र संसदबाट विशेष समिति बनाएर छानविन गर्न सक्नुहुन्छ ? भन्ने प्र्रश्नको जवाफमा उहाँले उक्त कुरा बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म इतिहासको एउटा त्यस्तो मान्छे हुँ, जुन द्वन्द्वबाट शान्तिपूर्ण अवस्थामा जानुपर्छ भने जनपक्षिय रुपमा अगाडी बढ्ने हिम्मत गरेको थिए । सोही समयमा स्व. गिरीजा प्रसाद कोइराला र मैले शान्ति सम्झौता गरेको थियौं । लडाकु समायोजनमा विभिन्न प्रकारका शिर्षकमा राज्यबाट रकम वितरण भएको थियो । त्यसको अडिट भएको थियो । त्यसैले बजारमा आएका हल्लामात्र हुन् । म छानविन गर्न तयार छु । कसैको उजुरीको आधारमा छानविन होस् र दोषी प्रमाणीत भए म जेल जान तयार छु । त्यस्तै समिति बनाउन आफ्नो पार्टीले २०४८ सालदेखीकै सवै नेतृत्वका छानविन गरौं भनेर घोषणापत्रमा समेत उल्लेख गरेको छु । आवश्यक पर्छ भने समिति बनाएर अगाडी बढ्न तयार छु ।’