राजनीति

प्रत्येक पालिकामा सित भण्डारण स्थापना गरिने



काठमाडौँ, ५ जेठ । सरकारले कृषि उत्पादन र प्रवर्द्धनमा विशेष महत्त्व दिँदै प्रत्येक पालिकामा एक-एक वटा सितभण्डारणसहित उत्पादन केन्द्र बनाउने जनाएको छ ।

संघीय संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको बजेटमार्फत दुर्गम क्षेत्रमा खाद्यान्नको सहज आपूर्तिसहित खाद्यान्न भण्डारणको क्षमता वृद्धि गर्ने जनाएको छ । कृषि उत्पादन, मल बिउ बिजनको सहज उपलब्धतासहित कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिने सरकारले जनाएको छ । भूमिको चक्लाबन्दीलाई विशेष प्रोत्साहन गरिने समेत सरकारले जनाएको छ ।