काठमाडौँ, ६ जेठ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले आईडिया बैंकमा आवेदन दिनका लागि आब्हान गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रममा सहभागी हुनका लागि मेयर शाहले महानगरवासीलाई आब्हान गरेका हुन ।
उनले भनेका छन, “आइडिया बैंक कार्यक्रमको उद्देश्य दक्ष/अदक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो । तपाइसँग आइडिया छ, तपाईँ महानगरभित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र तीन वर्ष कटेको छैन । तपाईं विद्यार्थी हुनुहुन्छ तपाइसँग महानगरको समस्या समाधानका व्यवसाय मुखी आइडिया छन् र त्यसलाई व्यवसायमा परिणत गर्न चाहनुहुन्छ,” बालेनले भनेका छन्, “कसरी त्यसको विजनेस प्लान बनाउने, कार्यान्वयनको योजना बनाउने । कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ । विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी पाँचवटा क्याटगोरीमा आवेदन माग गरिएको छ ।”










प्रतिक्रिया दिनुहोस्