अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ८ जेठ । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला १ लाख १० हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।