समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



रामेछाप, ९ जेठ । रामेछापमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएकाे छ ।

प्रहरीका अनुसार लिखु तामाकोशी गाउँपालिका–२ सैपुको सिरिसेमा लिखु नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर २९ वर्षीय सुवास कार्कीको मृत्यु भएकाे हाे ।

माछा मार्न प्रयाेग हुने उपकरणमा करेन्ट सर्ट हुँदा कार्कीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएकाे छ ।