दार्चुला, ९ जेठ । दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत् उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्याइएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया पुष्पा महरालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
आइतवार गाउँकै स्वाथ्यचौकीमा महराले बच्चा जन्माउनु भएकाे थियाे । सात महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएपछि आमा र बच्चालाई साेमवार जिल्ला अस्पतालमा ल्याइएको थियाे ।
यहाँ पनि उपचार सम्भव नभएकाले अन्यत्र पठाउनु परेको अस्पतालले जनाएको छ । बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतमा रहेकाे कर्णाली प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो । रासस










प्रतिक्रिया दिनुहोस्