काठमाडौँ, १० जेठ । देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार अहिले लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा वर्ष भइरहेको छ भने बाँकी भूभागमा पनि बदलीको अवस्था छ ।
आज दिउँसो देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज कोशी प्रदेशको तराई र मधेश केही स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्