समाचार

नेपाल एअरलाइन्सको जहाजमा चरा ठोक्किएको आशङ्का



काठमाडौँ, १३ जेठ । काठमाडौँबाट भारतको बेङ्लाेरका लागि उडेको नेपाल एअरलाइन्सको जहाजमा चरा ठोक्किएको आशङ्का गरिएको छ ।

त्रिभुवन विमानस्थलबाट केहीबेर अघि उडेको जहाज ४० माइल पर पुगेपछि विमानस्थलमै फर्किएको छ । जहाजमा १ सय ५४ जना यात्रु रहेका त्रिभुवन विमानस्थलले जनाएको छ ।

थप विवरण आउन बाँकी छ ।