राजनीति

घण्टी अराजकताको संकेत हो : पूर्वप्रधानमन्त्री खनाल



काठमाडौँ, १३ जेठ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले घण्टी अराजकताको संकेत भएको टिप्पणी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने धारणा राख्नुभयो । आन्दोलनमा ठूलो रहेका पार्टीहरूले देशको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको बताउनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिनुभयो । नक्कली भूटानी शरणार्थीको केस लज्जास्पद विषय भएको बताउँदै उहाँले यसले देशको अस्मिता लुटिएको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री खनालले अनुसन्धानलाई अन्तिमसम्म लैजान आग्रह गर्दै उहाँले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने चेतावनी दिनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिँदै उहाँले पूर्वराजा शाह देशका विभिन्न स्थानमा अभिनन्दनमा हिँडिरहेको प्रसंग उठाउँदै पूर्वराजाका गतिविधिबाट लोकतन्त्र गुम्ने स्थिति नरहेको बताउनुभयो ।