अर्थ

नेपालबाट ३९ करोडको यार्सागुम्बा निर्यात



काठमाडौँ, १३ जेठ । चालू आर्थिक वर्ष २०७९/८० को यस अवधिमा नेपालबाट ३९ करोड रुपैयाँभन्दा धेरै मूल्यको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा नेपालबाट ३९ करोड ९९ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट ६१७ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । नेपालबाट निर्यात हुने यार्सागुम्बा विश्वका दर्जन मुलुकमा जान्छ । सबैभन्दा धेरै हङकङमा १८ करोड ८७ लाख रुपैयाँको निर्यात भएको छ भने कम्बोडियामा १२ करोड २७ लाख रुपैयाँको निर्यात भएको छ ।