काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको नीति तथा कार्यक्रम बिरालो बाँध्ने परम्परा धान्ने खालको भएको का बताए छन् ।
आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रमको शैली नै परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले जनताको माझमा प्रत्येक वर्ष आउने नीति तथा कार्यक्रम आलोच्य भइसकेको समेत बताए । पुरानो शैलीको यस प्रकारको नीति तथा कार्यक्रमलाई अन्तिम बनाउनुपर्ने बताउँदै उनले भने, ‘नीति तथा कार्यक्रमलाई चैत महिनामै ल्याउनुपर्छ ।’
उनले विगतमा नेपाली कांग्रेसका नेतासमेत भ्रष्टाचारको आरोपमा जेल गएको स्मरण गर्दै सबै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरे । ‘कुनै विपक्षी पार्टीका नेतालाई तान्ने लक्ष्यसहित नभई भ्रष्टाचारको स्पष्ट छानबिन गरौँ,’ शर्माले भने, ‘भ्रष्टाचारको स्पष्ट छानबिन गरेर सबै फाइल खोलौँ ।’










प्रतिक्रिया दिनुहोस्