Banner News

पशुपतिनाथको जलहरीबारे अहिले संसद्मा बोल्नु अनुचित : प्रधानमन्त्री दाहाल



काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा बोलेको अनुचित भएको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको उल्लेख गरे । अख्तियारले स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्ने उनले बताए ।

उनले भने, “पशुपति मन्दिररमा रहेको जलहरीबारे यहाँ चर्चा उठको छ । योलगायत विषयमा काम गर्ने अधिकार पशुपति क्षेत्र विकास कोषको काम हो र उसले काम गरिरहेको छ,” “यो अख्तियारमा निवेदन परेर छानबिन भइरहेको छ । आयोगले स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्नेछ । यसमा सरकारले सहयोग गर्नेछ । प्रमुख प्रतिपक्षी दलको नेता जोडेर विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय रेकर्डबाट हटाउने चलन छ । बाँकी कुरा त्यति बेला राख्नेछु ।”