राजनीति

लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भन्नेमा सरकार प्रस्ट छ : प्रधानमन्त्री



काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रस्ट रहेको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले थाती रहेको सीमा विवादलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहलबाट समाधान गरिने बताए ।

उनले भने, “लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रस्ट छ,” “थाती रहेको सीमा विवादलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणको आधारमा कूटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ छ ।”