अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १४ जेठ । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।