समाचार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शुन्य



काठमाडौँ, २१ जेठ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।

नेपालमा संक्रमितको संख्या ११ लाख ५७ हजार ३७६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १६ जना रहेका छन ।

मन्त्रालयका अनुसार १ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९१ हजार ६९ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।