राजनीति

राष्ट्रिय सभा बैठक सर्‍यो



काठमाडौँ, २३ जेठ । आज मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक भोली बस्ने भएको छ ।

आजका लागि बोलाएको बैठकको दिन र समय परिवर्तन भएको संसद सचिवालयले मंगलबार सूचना जारी गरेर जनाएको छ ।

मंगलबार बिहान ११ बजेर ११ मिनेटका लागि तय भएको बैठक बुधवार ११ बजेर ११ मिनेटमा बस्नेगरी दिन र समय परिवर्तन भएको संघीय संसदले जनाएको छ ।