एजेन्सी, ३२ जेठ । नाइजेरियामा हैजाको महामारी फैलिएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) का अनुसार यस वर्षको चार महिनामा ४८ जनाको मृत्यु भएको छ । हैजाका एक हजार ६ सय २९ शङ्कास्पद बिरामी फेला परेका छन् ।
राजधानी अबुजामा भएको राष्ट्रिय हैजा योजना समीक्षा सम्मेलनमा एनसीडीसीका महानिर्देशक इफेदायो अडेटिफाले १३ वटा राज्य निक्कै प्रभावित भएको जानकारी दिए । स्वास्थ्यका निकायले हैजा प्रकोपको रोकथाम, नियन्त्रण र व्यवस्थापनलाई सुदृढ गर्न विभिन्न उपायहरू पनि अपनाएको अडेटिफालाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्