काठमाडौँ, १ असार । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाले हिन्दी कथानक चलचित्र ‘आदिपुरुष’ अहिलेकै अवस्थामा प्रदर्शन नगर्ने भएको छ । बुकिङ खुला गरिसकेको सिनेमा सुरक्षाको कारण देखाउँदै क्यूएफएक्सले रिलिज नगर्ने घोषणा गरेको हो ।
क्यूएफएक्सले सूचना जारी गर्दै भनेको छ, “हाम्रा दर्शकको सुरक्षालाई ध्यानमा राख्दै हामी अर्को सूचना नआएसम्म क्यूएफएक्स सिनेमाघरहरूमा चलचित्र आदिपुरुष रिलिज गर्न असमर्थ छौं,” “यस विषयमा सरकारी निकायबाट स्पष्टीकरणको पर्खाइमा छौं । मुद्दाको समाधान हुनेबित्तिकै सूचना जारी गर्नेछौं ।”
टिकट किनिसकेका दर्शकलाई पैसा फिर्ता गर्ने पनि क्यूएफएक्सले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्