पोखरा, ४ असार । भारतीय फिल्म ‘आदिपुरुष’ विवाद दिन प्रतिदिन बढ्दो छ । फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक्न लगाएको हो ।
यता पोखरा महानगरपालिकाले पनि आफ्नो नगर क्षेत्रका हलमा फिल्म रोक्न पत्राचार गरेका छन् । मेयर धनराज आचार्यले एक पत्र लेख्दै स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउनलाई फिल्म रोक्न पत्र पठाएको हो ।
आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले आज सोमबारदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्