काठमाडौँ, ५ असार । कालीमाटी फलफूल तथा तरकारी बजारमा स्वदेशी गोलभेँडाको मूल्य ४ रुपैयाँ बढेको छ । यही असार ३ गते किसानले कालीमाटीमा गोलभेँडा फालेर मूल्य र बजार नपाएको विरोध गरेका थिए ।
त्यसयता आजको दिनसम्म थोक बजारमा सानो गोलभेँडा (टनेल)को मूल्य किलोमा ३ रुपैयाँ ८० पैसा बढेको हो । यससँगै, आज कालीमाटीमा सानो गोलभेँडा प्रतिकिलो ११ रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ ।
यसअघि, किसानले गोलभेँडा फालेर विरोध गर्दा यसको थोक मूल्य ८ रुपैयाँ थियो । यस्तै, उक्त मितिमा किसानले प्रतिकिलो २ रुपैयाँ पाइरहेका थिए । थोक मूल्य बढेसँगै किसानले पाउने मूल्य समेत बढेको छ ।










प्रतिक्रिया दिनुहोस्